पोखरामा बृहत लोक साँस्कृतिक महोत्सव हुने

राजाराम पौडेल, पोखरा न्यूज – १८, माघ । पोखरामा बृहत लोक साँस्कृतिक महोत्सव २०७६ हुने भएको छ । आगामी फागुन १, २ र ३ गते तीन दिने लोक साँस्कृतिक महोत्सव हुन लागेको हो ।

कलाकार कल्याणकारी कोषको सहयोगार्थ हुने कार्यक्रम पोखराको पुरानो टुँडिखेलमा हुनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा महोत्सव गरिन लागेको हो ।

महोत्सवमा चर्चित लोक दोहोरी कलाकार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, रमेश विजी, हरिदेवी कोइराला, विमा कुमारी दुरा, शर्मिला गुरुङ, देबि घर्ती, जुना श्रीस, पशुपति शर्मा, प्रकाश सपुत, राजु परियार, राजु गुरुङ, राजन गुरुङ, याम क्षेत्री, प्रिति आलेको प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जनाए ।

यसैगरी बालगायिका कमला घिमिरे, बाल गायक प्रिन्स लम्साल, हाँस्य कलाकार पुर्खे बा, पोखरेली माग्नेबसढा, पोखरेली घुर्मुस प्रस्तुती तहाँ हुनेछ ।

महोत्सवमा गण्डकी प्रदेशका कलाकारलाई प्राथमिकता दिइने प्रतिष्ठानको तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ । महोत्सव हरेक दिन बिहान ११ बजेबाट साँझ ७ बजेसम्म चल्नेछ ।

सोही कार्यक्रममा गण्डकी प्रदेश भित्र रहेका विभिन्न जातजातीको लोक संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने आयोजकको तयारी छ । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button