पोखरामा सात स्रष्टालाई उपाधिसहित अवार्ड प्रदान

राजाराम पौडेल, पोखरा न्यूज – १९ , माघ । पोखरामा सात जना स्रष्टालाई उपाधि सहित अवार्ड प्रदान गरिएको छ । मुमताज मल्टि मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा संस्थाले सप्तरङ्गी स्रष्टा सम्मानअन्तर्गत ७ जना स्रष्टा उपाधिसहित अवार्ड प्रदान गर्यो ।

यसरी सम्मानित हुनेमा उत्कृष्ट आध्यात्मिक व्यक्तित्व अवार्डबाट ब्रह्माकुमारी परिणिता, सूपर भर्सटाइल अवार्डबाट स्वरसुन्दरी देविका बन्दना, उत्कृष्ट समाजसेवी एवं शिक्षासेवी अवाडबाट विश्व मैत्री भाषाका संचालक यम जोशी, समाजसेवी एवं व्यवसायी अवार्डबाट लोकेन्द्रकुमार राई, भर्सटाइल गायिका अवार्डबाट गायिका स्वरुपा रसाइली, उत्कृष्ट गीतकार अवार्डबाट विष्णु कार्की र उत्कृष्ट गायिका अवार्डबाट मीरा कार्की सम्मानि भए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बाबा राणा, संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवर, संस्थाका संरक्षक साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर लगायतले दोसल्ला ओढाउँदै अवार्ड सहित सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मानित स्रष्टाले सम्मान ग्रहण गर्दै बाट अझै आफ्नो क्षेत्रमा थप उर्जा थपेको भन्दै संस्थाप्रति आभार प्रकट गरे ।

सोही कार्यक्रममा विभिन्न विधामा कलम चलाउँदैआएका देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘तमन्ना’ लोकार्पण गरियो । गायिका बाबा राणाले सो कृतिको लोकार्पण गरिन् । सो अवसरमा कुँवरद्वारा तीन साताअघि प्रकाशित ‘सामना’ सिजो सङ्ग्रहको दोस्रो संस्करणसमेत सार्वजनिक गरियो ।

२०७४ मंसिर १६ यता उनले लगातार कृति प्रकाशित गर्दैआएका छन् । ‘तमन्ना’ उनको आठौं कृति हो । उनले गजलसंग्रह ‘लभ स्टेशन’ सहित हरेक महिनाजसो क्रमशः मुक्तकसंग्रह ‘सेतो संसार’, हाइकुसंग्रह ‘अमृतप्रेम’, चोकासंग्रह ‘राजमहल’, सेदोकासंग्रह ‘नेपाली माया’, ताङ्कासंग्रह ‘एक नम्बर’ र सिजोसंग्रह ‘सामना’ पाठकमाझ ल्याएका छन् ।

संस्थाका संरक्षक क्षेत्रबहादुर कुँवरले समाजमा ठूलो योगदान दिएर पनि लुकेर बसेका व्यक्तिलाई संस्थाले सम्मान गर्दैआएको बताए । उनले आफ्नो अर्को संस्था सम्पदा कला मन्दिरले हालसम्म करिब ८५ स्रष्टालाई सम्मान गरिसकेको जानकारी समेत दिए ।  संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरले देशको कलासंस्कृति रक्षा गर्दै आफूहरुले स्रष्टाको योगदान चिरस्थायी बनाउन निरन्तर कार्यक्रम गरेकोे बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button