चैत ९ देखि अत्यावश्यक बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द

काठमाण्डौ।  सरकारले  चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका  सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रबार  राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड-१९ को  संक्रमण फैलिन नदिन सचेतना अपनाउदै अत्यावश्यक बाहेकका सेवा बन्द हुने बताएका हुन् । यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने  प्रधानमन्त्री ओलीले जानकारी दिए  ।

यस अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन प्रधानमन्त्री ओलीले आह्वान गरे  ।

बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।

सम्बोधन मार्फत प्रधानमन्त्री ओलीले सरकारले चैत १० गते सोमाबरदेखि लामो दुरीका सार्वजनिक सवारी साधनहरु  सञ्चालनमा रोक लगाउने भएको जानकारी दिए ।

सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्मका लागि  स्थगित गर्ने निर्णय समेत  गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button