बढ्दो जलवायु परिवर्तन र किसानले गर्नुपर्ने संघर्ष

पृथ्वी र वातावरणको समस्त क्षेत्रमा आउने परिवर्तनलाई जलवायु परिवर्तन अर्थात् climate change भनिन्छ। जस्तै:- तापमान बृद्धि हुने, पृथ्वी र ध्रुवमा भारी मात्रामा रहेको बरफ पग्लने, हिमालयको हिउँ छिटो पग्लने, वर्षको चक्र अघि पछि भएर प्रभावित हुने, मौसम राम्रो सँग सक्रिय हुन नसक्ने, समुन्द्रमा पानीको सतह बढ्ने, खडेरी बढ्ने लगायत विभिन्न कुराहरुलाई प्रभावित पार्दछ। पृथ्वीको वातावरणमा आउने यस्तै परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

हामी किसानहरू यो पृथ्वीका रक्षक हौं । हामी किसान बिना यो पृथ्वीको संरक्षण हुन सक्दैन।मानव सुविधा प्रधान गर्ने र त्यसका आधारमा मुनाफा आर्जन गर्न पूँजिवादी ठूलाठूला औधोगीक प्रतिष्ठानहरु स्थापना गर्न माग गर्दछ। ति प्रतिष्ठानबाट बाहिरिने हरित गृह ग्याँस हरूले पर्यावरणलाई क्रमशः समाप्त गदैछन्। यसको उल्टो किसानहरूले जर्जर र उजाड भूमिलाई हरियाली बनाउँछन् , औधोगीक प्रतिष्ठानबाट फ्याँकिएको कार्बनडाइअक्साइड लाई (carbon dioxide) वनस्पति मार्फत शोषित गर्न र अक्सिजनको उत्पादनमा सहयोग गर्दछ । तिनिहरूले अन्य हरित गृह ग्याँस हरू र त्यसका क्षेत्रहरूको खपत गराउँछ र उत्सर्जन कम गराउँछन् तर पूँजीवादी हरूले यो पृथ्वीलाई ध्वस्त गर्न लागेका छन्। उनिहरु आफ्नो गल्तिलाई स्वीकार गरेर सच्याउन को सट्टा त्यसलाई लुकाउने, ढाकछोप गर्ने र अझै समस्या थप्ने काम गरिरहेका छन्। त्यसैले अब हामी संसारभरि का किसानहरूले पृथ्वीको रक्षाको लागि एक भएर अगाडि बढ्नपर्छ ।

यी विषयवस्तुहरू नेपालको लागि र विशेष गरेर नेपाली किसान आन्दोलनको लागि केही विषयवस्तुहरू भएकोले हामी युवा किसानहरूले गहन अध्ययन गर्ने, बढी भन्दा बढी सूचना र जानकारी संकलन गर्ने, अरुलाई सचेत गराउन र संघर्षको विषयको रुपमा गम्भीरता साथ लाग्न जरुरी छ। मुनाफा लाई नभई मानवीय आवश्यकता र वातावरणलाई प्राथमिकतामा राखेर औधोगीक उत्पादनमा मात्रात्मक र गुणात्मक दुवै रूपमा प्रभाव पार्छ। उदाहरणको लागि नेपालको मध्य र उच्च पहाडी भेगमा मध्य जेष्ठ बाट शुरू गरेर असार महिनाभर धान रोपिन्छ भने तराईमा मध्य असार बाट सुरु गरेर साउन महिनाभर धान रोप्ने गरिन्छ। यसरी रोपिएको धानको उत्पादकत्व पनि राम्रो हुन्छ।

यदि जेष्ठ,असार र साउन ३ महिनासम्म वर्षा नभएर भदौ बाट वर्षा सुरु भयो र मङ्सिर सम्म बाढी पहिरो सहित को वर्षा र डुवान रहिरहने हो भने के हुन्छ । एक त धान रोप्नै सकिदैन, दोस्रो रोपिएको धान हुर्कन सक्दैन , तेस्रो हुर्केको धानमा पनि गेडा लाग्न सक्दैन, चौथो गेडा लागिहाल्यो पनि राम्ररी पाक्न सक्दैन, पाँचौ पाकि हाले पनि बालि लिन कठिन हुनेछ, छैठौं बालि लिन सफल भइयो भने पनि उचित मात्रामा र उचित गुणस्तरको चामल प्राप्त गर्न सकिदैन।

जलवायु मैत्री कृषक अभ्यासहरु 

हाम्रो नेपालमा जलवायु मैत्री कृषि अभ्यासहरू को कुनै निश्चित परीक्षण गर्ने प्याकेज छैन जस्तै कि मौसम सुहाँउदो बाली तथा प्रविधि छनोट गर्न सहयोग गर्ने मौसम सुचना तथा सल्लाह प्रधान गर्ने र भएकाे मौसम फेरवदलको कारण कृषकहरुलाई हुनसक्ने घाटा कम गर्ने मौसमको कारणले हुने क्षतिपूर्ति लागि बाली बीमा जस्ता मौसम प्रविधि वा सेवाहरू पर्दछन्।

बिउ र जात मैत्री अभ्यासहरु

धेरै उत्पादन दिने, रोगसँग लड्नसक्ने, बढ्दो खडेरी र पानीको अभावमा संग जुध्न सक्ने बाली, पानी धेरै भएको बेलामा जमेको सहन सक्ने बिऊहरुको उत्पादन तथा प्रयोग गर्ने भन्ने बुझिन्छ। माटोको सुधार पोषक तत्व मैत्री अभ्यासहरु गर्ने। ज्ञान ,सिप र संरचना बजारमैत्री अभ्यासहरु गर्ने। विभिन्न बालिको लागि फरक फरक जलवायु स्मार्ट प्रविधिहरू छन् तिनलाई प्रयोग गर्ने, वेमौसमी तरकारी गर्ने, स्थानीय जातलाई विकास गर्ने।

जलवायु परिवर्तनको प्रभावले प्रत्यक्ष रूपमा असर गर्ने सबैभन्दा पहिलो वर्ग किसान हो त्यसैले संसार भरि नै किसानहरू वातावरणीय न्यायको लागि संघर्षको मोर्चामा सामेल छन् र हुनुपर्दछ।आज विश्वको जलवायु परिवर्तन(climate change)बारे महत्वपूर्ण बहसको थालनी भएको छ। बहस प्रकृया र सहभागितालाई हेर्दा यो विद्धान बुद्धिजीवी वर्ग , वैज्ञानिक हरु, नीति निर्माताहरुको बहस र महत्वको विषय भए जस्तो देखिन्छ। कहिलेकाहीँ धनी राष्ट्रहरूले यस विषयमा बहसको विषय बनेको पनि देखिन्छ । तर कैंयौं NGOs/ INGOs , Project हरुको लागि यो आय आर्जन गर्ने र दातृ संस्थाहरु संग दर्हो आर्थिक सहयोग माग्ने बलियो कार्यक्रम भए जस्तो लाग्छ। तर यसको असर प्रत्यक्ष रूपमा किसान वर्ग र गरिब राष्ट्रहरूका लागि भएको छ। जलवायु परिवर्तन बारे स्पष्ट धारणा सहित संघर्षको मैदानमा होमिन को लागि साम्राज्यवादीहरू र नवउदारवादीहरूले जलवायु परिवर्तनको सम्बन्धमा फैलाएका भ्रमहरु आम किसानहरू र गरिब वर्गले चलाएको संघर्षलाई निस्तेज पार्न गरेका षड्यन्त्र हरु कथित सहयोगहरु र कार्बन व्यापार बारे स्पष्ट हुनु जरुरी छ।

जय कृषि जय किसान!!!
रोशन राज बराल
वि.स.सी . कृषि अध्ययनरत
नेपाल पोलिटिकल इन्स्टिच्यूट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button