पोखरामा असिना पानीले साँढे ५ करोडको क्षति पुर्यायो !

पोखरा न्यूज ।  पोखरामा फागुन २० गते आएको असिना पानीले करिब साँढे ५ करोड मुल्य बराबरको क्षति पुर्याएको छ ।

पोखरामा परेको असिना पानीले यस बर्षको हिउँदे वालीसहितको फलफुल, तरकारीमा क्षति पुग्दा साँढे ५ करोड रकम बराबरको क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

उनले भने “यो हामीले प्रारम्भिक अध्ययनको आधारमा भनेका हौं, हाम्रो एक टोली फिल्ड भिजिट गरी कृषकहरुसंग सोधपुछ गरी निकालेको क्षतिको विवरण हो, अझै केही समय पछि पोखरा क्षेत्रमा असिना पानी पर्न सक्ने सम्भावना रहेको छ । ”

पोखरा-१८ सराङकोट, पोखरा-२१ निर्मलपोखरी, पोखरा २२-पुम्दीभुम्दी, पोखरा-२४ कास्कीकोट र पोखरा-१७ विरौटा लगायत  क्षेत्रमा लगाइएको मौसमी र बेमौसमी फलफुल, तरकारी असिना-पानीले नष्ट पार्दा धेरै किसानहरु चिन्तित भएको महाशाखा प्रमुख कडरियाले बताए ।

उनका अनुसार छिन्ने बेला भएको तोरी, काउली, बन्दा, लसुन, प्याज, अन्य अन्न वालीसहितका फलफुल तरकारी समेत अनिसाले नष्ट गरेको छ । ” सबै भन्दा धेरै सराङकोट क्षेत्रमा अत्याधिक मात्रमा असिना परेको उनले जनाए ।

किसानहरुलाई व्यवसायीक बनाउन बिमा गराउन महानगरले प्रोत्साहन गर्दै आएको महाशाखा प्रमुख कडरियाले बताए । कृषि वालीमा विमा गर्दा महानगरले थप रकम अनुदान समेत दिने भएको उनले जनाए ।

कृषि वालीमा विमा गर्दा केन्द्र सरकारले ७५ प्रतिशत अनुदान दिने हुँदा पोखरा महानगरले थप व्यत्तिगत रुपमा ५० प्रतिशत अनुदान र समुह तथा सहकारी मार्फत गर्दा ७५ प्रतिशतसम्मको अनुदान दिएको प्रमुख कडरियाले जनाए ।

उनले भने “एक लाख बराबरको बिमा गर्नु पर्दा व्यत्तिगत किसानले ६ सय रुपैया तिर्दा एक लाखको बिमा सुरक्षित हुन्छ, समुह एवं सहकारी मार्फत हुँदा एक लाख मुल्य बराबरको बिमा गर्दा ४ सय तिर्नुपर्ने हुन्छ । ” बिमा निती सबैले अवलम्न गर्न सके बाली सुरक्षित र वास्तविक किसानको तथ्याङक पनि आउने उनले बताए ।

महानगरले यस चालु आर्थिक बर्षमा ३९ लाख रुपैया बिमाको लागि विनियोजन गरेको उनले जनाए । असिनाले क्षति पुर्याएको किसानहरुले सरकारले किसानको हौसला रुवरुप केही रहातका योजना ल्याउन माग गरेका छन्।

यो पनि पढ्नुहोस :- पोखरामा अत्याधिक असिना पानी, हिउँदेवालीमा क्षति

सम्बन्धित न्यूज

Back to top button