भारतको गान्तुकलाई पराजित गर्दै थ्रि स्टार सेमिफाइनलमा

पोखरा । पाहुना टोली भारत सिक्किमको गान्तुक सिटि फुटवल क्लवलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रि स्टार क्लव १८ औं आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेश्रो क्वाटरफाइनल खेलमा थ्रि स्टारले गान्तुक सिटिलाई ३-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

समुह ए मा रहेको थ्रि स्टारले पहिलो सेमिफाइनल खेल विभागिय टोली नेपाल पुलिस क्लवसंग यही फागुन २८ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । थ्रि स्टारको जितमा सन्जोग रार्लेई एक र शुसान श्रेष्ठले दुई गोलको योगदान दिए । खेलको ७९ औं मिनेटमा थ्रि स्टारका सन्जोग राईले गोल गरी टिमलाई अग्रता दिलाए । उनले मैदानको मध्य भागबाट विपक्षि खेलाडीहरुलाई छल्दै गोल गर्न सफल भएका हुन्। खेलको इन्जुरी समयमा दुई मिनेटमा शुसान श्रेष्ठले दुई गोल गर्न सफल भए ।

निर्धारित ९० मिनेट पछि थपिएको ३ मिनेटको इन्जुरी समयमा दोश्रो र तेश्रो मिनेटमा लगातार श्रेष्ठले गोल बर्षाउन सफल भएका हुन्। शुसान श्रेष्ठले इन्जुरीको दोश्रो मिनेटमा विपक्षि खेलाडी सोनाम भुटियालाई छल्दै करिब पेनाल्टी एरियाबाट वललाई पोष्टमा दिशा दिएका हुन्। इन्जुरीको तेश्रो मिनेटमै उनले डि—वक्स भित्रबाट प्रहार गरेको वलले जाली चुम्यो । खेलमा थ्रि स्टारका शुसान श्रेष्ठले म्यान अफ दी म्याच घोषित भए । उनले ट्रफीको साथमा नगद ५ हजार समेत प्राप्त गरे ।

भारतको गान्तुक सिटिको दबाबमा परेको थ्रि स्टारले पहिलो हापमा गोल गर्न सकेन । दोश्रो हापमा केही सुधार गरेसंगै गोल गर्न सफल भयो । भारत सिक्किमको युवा समेटिएको उक्त टिम पहिलो पटक पोखरामा आए पनि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा क्वाटरफाइनल बाटै यात्रा टुंगाउनु पर्यो । खेलको १९ औं मिनेटमा लेन्दुप भुटियाले करिब डि-वक्स भित्रबाट प्रहार गरेको वललाई थ्रि स्टारका कप्तान विक्रम लामाले उत्कृष्ट बचाउ गरे । खेलको ६२ औं मिनेटमा डन टासीछिरिङ लेप्छा ले हानेको फ्रिकिक वललाई लेन्दुप भुटियाले पोष्ट तर्फ प्रहार गर्दा बल सेकेण्ड बार हुदै बाहिरिएको थियो । थ्रि स्टारका मिचेन तामाङले हानेको फ्रिकिक वल विक्रम लामाले हेड मिस गरे । उनले खेलको २० मिनेटमा गरेको हेड पोष्ट माथिबाट बाहिरिएको थियो ।

गान्तुकका प्रशिक्षक मायाल डोकलोप्छाले पहिलो थ्रि स्टारले आफु बिरुद्ध गरेको गोल अफ्साइड गोल भएको हुन सक्ने आशंका व्यक्त गर्दै रेफ्रिलाई दोष देखाए । उनले भने “ हामीले धेरै अवसर पाएका थियौं तर हाम्रो फिनिसिङ हुन सकेन् । ” थ्रि—स्टारका प्रशिक्षक मेघराज केसीले विपक्षि टिमको खेल राम्रोसंग बुझ्न नसक्दा जित निकाल्न समय कुर्नु परेको बताए । उनले भने “ हामीले विपक्षिले कस्तो खेल्न केही थाहा पाउन सकेनौं पहिला खेल्दै जादा उनीहरु विस्तारकै थकिन हुनन थाले त्यसको फाइदा उठाउदै हाम्रा खेलाडीले अन्तिम समयमा गोल गरे, गान्तुक टिम र हाम्रो टिमको खेल भने ५०/५० प्रतिशतको थियो । ”

यसैबिच, भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल संकटा क्लव र  त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको छ । मंगलबारको विजेता टोलि  मनाङ मस्र्याङदी क्लवसंग फाइनल यात्राको लागि भिड्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button