मेगा बैंकले कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग गर्ने

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

बैंकले केन्द्रको कोषमा रु एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा रु पाँच/पाँच लाख गरी जम्मा रु एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २ सय भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button