भारतको हरियाणामा चुईगम, गुट्खा, पानमसाला प्रतिबन्धित

हरियाणा। भारतको हरियाणा राज्यमा कोरोना भाइरसको संक्रमण फैलिने डरले चुईगम, गुट्खा र पानमसाला प्रतिबन्धित गरिएको छ ।

त्यहाँको सरकारले चुईगम, पान मसाला र गुट्खाजस्ता पदार्थ खाएर थुक्दा थुक मार्फत कोरोना सर्ने सम्भावना हुने कारण जनाउँदै आगामी जुन ३० सम्मका लागि त्यस्ता पदार्थमा प्रतिबन्ध लगाएको हो । त्यहाँ सुर्ती, खारा, चुना, पान, गुट्खा लगायतका वस्तु बिक्रीवितरणलाई पनि कडा नियमन गरेर रोक लगाउन प्रशासनले निर्देशन दिएको छ ।

यस अघि उत्तर प्रदेश सरकारले पनि कोरोना सर्न सक्ने भन्दै पान मसालाको उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस हाम्रो शरीरबाट निस्कने खकार, थुक जस्ता तरलबाट सर्ने उच्च जोखिम रहन्छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट ७२ जनाको मृत्यु भइसकेको छ भने २५ सय ६७ मा संक्रमण देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button