चेर्नोबिलमा डढेलोले विकिरणको स्तरमा वृद्धि

युक्रेन । सन् १९८६ मा विश्वकै सर्वाधिक खराब आणविक विस्फोट भएको युक्रेनको चेर्नोबिलमा डढेलो लागेपछि त्यहाँ विकिरणको स्तर १६ गुणा सम्मले बढेको छ ।

आइतबारदेखि १ सय हेक्टर क्षेत्रफलको वनमा डढेलो लागेपछि त्यहाँ विकिरणको स्तरमा उल्लेख्य वृद्धि देखिएको हो । चेर्नोबिल वरिपरिको २० हेक्टरमा फैलिएको आगलागीले विकिरणको मात्रा बढाएको जनाइएको छ । उक्त आगलागी नियन्त्रणमा लिन १ हेलिकप्टर, २ हवाईजहाज र सय भन्दा बढी अग्नि नियन्त्रक खटिएका युक्रेनी अधिकारीहरुले बताएका छन् ।

चेर्नोबिलको पावर प्लान्ट नजिकैको आगलागीलाई नियन्त्रणमा लिइए पनि अर्को २० हेक्टरको आगलागी नियन्त्रणमा आइनसकेको जनाइएको छ । विकिरणबाट मानव स्वास्थ्यमा भने कुनै हानी नरहेको अधिकारीहरुले उल्लेख गरेका छन् । १ सय किलोमिटर रहेको राजधानी किभमा भने विकिरणको मात्रा सामान्य रहेको जनाइएको छ ।

सोभियत संघ ताका सन् १९८६ को अप्रिलमा चेर्नोबिल आणविक उर्जा केन्द्रको चार मध्ये एउटा रियाक्टर विस्फोट हुँदा युरोपको ठूलो भुभाग विकिरणको मारमा परेको थियो । त्यसपछि सन् २००० सम्म अन्य ३ रियाक्टरमार्फत विध्युत उत्पादन गरिएपनि त्यस पछि भने चेर्नोबिल आणविक उर्जा केन्द्र बन्द भएको थियो ।

विस्फोट भएको चौथो रियाक्टरलाई २०१६ मा ठूलो कभरले ढाकेर राखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button