दुई जिल्लाबीच आवागमनमा रोक, जारी सवारी पाससमेत रद्द

काठमाडौं। कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले लकडाउनमा कडाई गर्ने भएको छ । गृह मन्त्रालयले अब दुई जिल्लाबीच आवतजावतमा रोक लगाएको छ भने हाल जारी गरिएका सबै सवारी पाससमेत रद्द गर्ने निर्णय गरेको छ ।

मनासिब कारणले कोही अर्को जिल्लामा जान  चाहे  दुबै जिल्लाको अनुमति लिनुपर्नेछ ।  काठमाडौं उपत्यकाको हकमा भने यो लागू हुनेछैन।

नयाँ नियम अब जेठ १ गते देखि कार्यान्वयनमा आउने जनाइएको छ । पछिल्लो अपडेट अनुसार नेपालमा १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ जसमध्ये आज मात्रै ५७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button