नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँके, धनुषा, खोटाङ्, दैलेख  सुनसरी र झापाका विभिन्न १८ जनामा कोरोना संक्रमण पुष्टि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये  सबै भन्दा धेरै बाँकेका  क्वारेन्टाइनमा मृत्यु भएका युवकको गाउँ नरैनापुर गाउँपालिका १२ जना रहेका छन  ।

नेपालमा सोमबार  एकै दिन अहिलेसम्मकै उच्च संख्यामा ८० जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

यस अघि नेपालमा सोमबार  बिहानमात्रै ९ जना र दिउसो ५३  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भइसकेको छ।

नेपालमा संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button