कास्कीका पत्रकारको कोरोना विमा गर्न तमु धीं युकेको १ लाख ८० हजार सहयोग

पोखरा । पत्रकार महासंघ कास्कीले मंगलवारबाट आफ्ना सदस्यहरुको कोरोना विमा गर्न शुरु गरेको छ । पत्रकार महासंघ कास्कीले तमु धीं एसोसियसन युकेको सहयोगामा कोरोना विमा गर्न लागेको हो ।

तमु धीं युकेले कोभिड १९ सक्रमण वढेसंगै कास्कीका पत्रकारहरुको लागि कोरोना विमा गर्न एकजना पत्रकार वरावर ६ सय रुपैयाँ सहयोग गरेको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन । “तमु धीं युकेले एक जना पत्रकार बराबर ६ सयका दरले ३ सय जना पत्रकारको विमा गर्न १ लाख ८० हजार पठाएको छ,” उनले थपे–“केही मिडिया हाउसले आफ्ना पत्रकारहरुको विमा गरिसकेकोले बाँकी रकम फोनिज कास्कीलाई दिने भन्ने सोचेका छौं ।”

कोभिड १९ को जोखिम बढेसंगै पत्रकारहरु निकै चुनौतीपुर्ण रुपमा काम गर्न वाध्य भएको समयमा तमु धी युुकेले गरेको सहयोग सर्हानिय रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले भने–“यो निकै अर्थपुर्ण सहयोग हो, तमु धीं युकेले भवन निर्माणदेखि धेरै कुरामा हामीलाई सहयोग गर्दै आएको छ, सम्पुर्ण पत्रकारहरुको तर्फबाट म तमु धीं एसोसियसन युकेलाई आभार प्रकट गर्दछु ।”

कास्कीलाई कार्यक्षेत्र बनाएका महासंघका सदस्यहरुको विमा गरिने उनले बताए । उनले पत्रकारहरुलाई आवश्यक मास्क र सेनिटाइजर समेत महासंघले उपलव्ध गराउँदै आएको र नआतिई सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

तमु धीं एसोसियसन युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले कोभिड १९ को जोखिमको बेला कार्यरत पत्रकारहरुका लागि तमु धींले सहयोग गरेको बताए । “यो हाम्रो कास्कीका पत्रकारहरुका लागि सानो सहयोग हो, यो बेला निकै जोखिमपुर्ण रुपमा पत्रकारहरुले काम गर्नुभएको छ, यसका लागि हामी सबै पत्रकारहरुलाई आभारप्रकट गर्न चाहन्छौ ।” यस अघि तमु धीं युकेले गैर आवासीय नेपाली संघ युकेलाई कोभिड १९ विरुद्ध लड्न सहयोग समेत गरेको थियो ।

तमु धीं युकेले पोखरा विभिन्न क्षेत्रका लागि १३ लाख ६० हजार बराबरको सहयोग गरेको संस्थाका पोखराका संयोजनको भुमिका खेलिरहेका मेजर लक्ष्मी प्रसाद गुरुङले जानकारी दिए । तमु धीं युकेले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका लागि ५० थान पिपिई, ५ सय थान केएन ९५ थान मास्क उपलव्ध गराएको छ भने नेपाल तमु धीं कलाकार संघलाई एक लाख र विपन्न परिवारलाई ३ लाख ५० हजारको खाद्यान्न सहयोग गर्ने जानकारी दिए । उनले यो सबै कार्य गर्न संस्थाका पुर्व अध्यक्षहरु डम्वर घले र मुछेत्र गुरुङले समेत संयोजन गरिरहेको जानकारी दिए ।

बेलायतमा २० वर्ष अघि स्थापना भएको तमु धी एसोसियसन युकेले विभिन्न समाजसेवा संगै खेलकुदको क्षेत्रमा समेत उल्लेख्य योगदान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button