गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमित १४५ पुगे

पोखरा । गण्डकी प्रदेशका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपरासी देबचुली नगरपालिको क्वारेन्टिनमा रहेका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनलाई  अहिले रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको  आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशक शर्माले उल्लेख गरेका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ३३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ३ जना पुरुष, पर्वतका ९ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भइ घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन् । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय व्यक्तिको गत आइतबार राति कोरोनाका कारण मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button