कोरोना संक्रमितको सम्पर्कमा आएका पोखराका ३९ जनाको रिपोर्ट नेगेटिभ

पोखरा । काठमाण्डौमा उपचारको क्रममा  कोरोना पुष्टि भएका पोखराका ६० वर्षीय पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु सबैमा कोरोनको संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखराको आलुमाइला चोकका संक्रमित व्यक्तिको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको छ । गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

पोखरामा  एक साता अघि डेरामा बेहोस अवस्थामा भेटिएका उनलाई गण्डकी मेडिकल कलेजमा उपचार पश्चात काठमाण्डौको ह्याम्स अस्पतालमा लगिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button