कास्की क्षेत्र नं ३ को बजेटः चक्रपथ देखि खानेपानी, कृषी तथा पर्यटनमा विशेष जोड

पोखरा । कास्की क्षेत्र नं–३ मा आर्थिक वर्ष २०७७/०७८ मा संघिय सरकार बाट विनियोजित बजेट योजना तथा कार्यक्रमहरुमा सडक, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, बन तथा वातावरण, पर्यटन र कृषीलाई प्रमुख प्राथमिकतामा राख्दै विशेष जोड दिइएको छ ।

दुई गाउँपािलका र पोखरा महानगरका ११ वटा वडा समेटिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा (सुनार)को निर्वाचन क्षेत्रमा विकासका लागि केही नयाँ योजना संगै चालु बिकासका कार्यक्रमहरुलाई समेतलाई संघिय सरकारले प्राथमिकतामा राख्दै निरन्तरता दिएको हो । कोरोनाको संक्रमण नेपालमा बढे संगै आर्थिक वर्ष २०७७/०७८ मा त्यसको प्रभाव बजेटमा परेको भने देखिएको छ ।

नेपालमा सर्वाधिक पर्यटक भ्रमण गर्ने अन्नपुर्ण पदमार्गसंगै माछापुच्छ्रे र अन्नपुर्णको संगमस्थल समेत रहेको कास्कीको निर्वाचन क्षेत्र जैविक विविधता, कृषी लगाएतको क्षेत्रमा विशेष महत्वपुर्ण रहेको छ । यो संगै गण्डकी प्रदेश र प्रदेश नं ५ जोडन बैकल्पिक सहायक राजमार्ग पोखरा–गुल्मी हुँदैरिडी सम्मको सडकलाई ३ करोड बजेट विनियोजिन गरिएको छ भने जलवायु अनुकुलित खानेपानी आयोजना अन्तरगत अन्नपूर्ण गाउँपालिका बृहत खानेपानी आयोजनालाई ६ करोड ५० लाख विनियोजन गरिएको छ ।

विनियोजित बजेटमा माछापुच्छ्रे तथा मादी हिमाल नमुना ट्रेल राउण्ड सर्किटलाई २ करोड ४० लाख बजेट विनियोजित गरिएको छ । उक्त सर्किटको ५० किमि मध्ये १८ किमि पूरा भएको बाँकी निर्माण कार्य जारी राख्न बजेट विनियोजित गरिएको विनियोजित बजेटमा उल्लेख गरिएको छ । मन्त्रालयले पोखराको केदारेश्वर महादेव परिसरमा पर्यटकिय पुर्वाधार निर्माणगर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

पोखरा वरिपरिको ‘हाइकिङ डेष्टिनेशन’हरुलाई जोड्ने सर्किट निर्माण जारी राख्ने( १ करोड ३० लाख, गण्डकी प्रदेश अन्तर्गतको पन्चासे क्षेत्र कास्कीमा पर्यटकिय पुर्वाधार निर्माण कार्य जारी राख्न २ करोड र फेवाताल वरिपरिको विद्युत तथा साइकल लेन निर्माण जारी राख्न ५० लाख कास्की निर्वाचन क्षेत्र नं ३ को विनियोजित बजेटमा रहेको छ ।

विभिन्न मन्त्रालय अन्तरगत विनियोजिन गरिएको बजेट मध्ये भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय निर्माण हुने सडक मध्ये १३ विभिन्न सडक योजनालाई प्राथमिकतामा राखिएको छ । जस मध्ये पोखरा–पन्चासे सडकलाई ४० लाख, पोखरा नयाँ बसपार्क सराङकोट पंधेली सल्यान पर्वत सडकलाई ४० लाख, खोराको मुख–उपल्लो इदिखोला सडक माछापुच्छ्रे–७ कास्कीलाई ४० लाख, पोखरा रिडि लोकमार्ग–पोखरा–पामे–राम्जा लुंखु–त्रिवेणी रिडि–कास्कीलाई ४० लाख रहेको छ ।

त्यसै गरि अन्नपूर्ण गाउँपालिका चक्रपथको लुम्ले–तान्चोक–भिचुक–लान्द्रुक सडक, कास्की–४० लाख, नयाँपुल–विरेठाँटी–किम्चे–घान्द्रुक–उरी–घुर्जुङ–छम्रोङ सडक, कास्की–४० लाख, विरेठाँटी चाने–घान्द्रुक सडक, कास्की–४० लाख, पोखरा–रिडि सडक–पोखरा–राम्जा–लुखु–सेतीवेणी (रिडि)–कास्की–४० लाख, पोखरा म.न.पा.१८, सेतीबगर देखि केवलकार परियोजना स्थल सम्म सडकलाई ४० लाख, कास्की अन्नपूर्ण गाउँपालिका अन्तर्गत नागडाँडा अधिकारीडाँडा हुँदै कार्किको तहरा सम्म सडक–४० लाख, अमलाविसौनी(–घार्मी–आलेबोट–अम्रेश्वर सडक, कास्की–४० लाख, कार्किकोटगारो–नागडाँडा सडक, कास्की–४० लाख र वीरेठाँटी–तिखेढुङ्गा–उल्लेरी–घोरेपानी–म्याग्दी (मुक्तिनाथ मार्ग)लाई ४० लाख वजेट विनियोजिन गरिएको छ ।

निर्माणाधीन सडक पुलतर्फ विनियोजित बजेटमा ल्वाङ घलेल वड नं.–५ र ७ जोड्ने आप पुल, ल्वाङ घलेल कास्की लुम्रे र कुइवाङ जोड्ने १ करोड, चाने खोला बाट घान्द्रुक जोड्ने पुललाई ४७ लाख ५० हजार र सुइखेत–सेरा मोटरेवल–४७ लाख ५० हजार रहेको छ । त्यसै गरि रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण अन्तरगत याम्दी खोला पुल,कास्की पोखरा(बागलुङ राजमार्गलाई २० लाख रहेको छ ।

त्यसै गरि रणनैतिक सडक पुलहरुको विस्तृत संभाव्यता अध्ययन अन्तरगत मर्दिखोला–भिडावारी मोटरेवल पुल, माछापुच्छ्रे ६, कास्की हाँडिखोला पुल, माछापुच्छ्रे–७ (इदिखोला), मुक्तिनाथ मार्ग भुरुङदी खोला पुल, विरेठाँटी तिखेढुङ्गा उल्लेरी म्याग्दी सडक, मर्दी दोभान सेती नदि पुल, माछापुच्छ्रे ४, हेम्जा मरेघाट–बौर पुरन्चौर सेती नदि पुल, पोखरा–१९लाई समेतलाई प्राथमिकतामा राखिएको छ ।

यसै गरि खानेपानीतर्फ खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम अन्तरगत प्रयोगशाला संचालन सुदृढीकरण (पोखरा) लाई ४५ लाख, लामाचौर सार्दिखोला खानेपानी गुणस्तर सुधार आयोजनालाई १ करोड बजेट विनियोजन गरिएको छ । खानेपानी सेवा विस्तार तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत ढिकुरपोखरी, कास्किकोट,सराङ्गकोट आयोजना, पुरनचौर–जलकिनी– सार्दिखोला लामाचौर आयोजना, धहारापानी भकुन्डे खड्गाँउ, लान्द्रुक खानेपानी आयोजना, कास्किकोट लिफ्टिङ खानेपानी आयोजना, सल्यान खानेपानी निर्माण, अन्नपूर्ण–४, माछापुच्छ्रे गा.पा. बृहत् खानेपानी योजना, घार्मी बृहत् खानेपानी योजना, पोखरा–१९ र लौरुख खोला लिफ्टिङ खानेपानी आयोजना रहेका छन ।

ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तरगत मरिचे खानेपानी तथा सरसफाइ आयोजनालाई १३ लाख ९ हजार, धिताल लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनालाई १५ लाख १६ हजार, खोरामुख ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनामा ४ लाख ६८ हजार बजेट विनियोजन गरिएको छ । त्यसै गरि जलवायु अनुकुलित बृहत् खानेपानी आयोजना अन्तरगत २२ वटा योजनाहरुलाई निरन्तरता दिइएको छ ।

कास्की निर्वाचन क्षेत्र नं ३ को विकासका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फ बाट विनियोजित बजेटमा भदौरेको गुरुङ संग्राहलय भौतिक पुर्वाधार निर्माण,अन्नपूर्ण ४, भदौरे, लाई ५ लाख रहेको छ । त्यसै गरि शहरी विकास मन्त्रालयका तर्फ बाट विनियोजित बजेटमा . कास्की जिल्ला पोखरा महानगरपालिका १९, पोखरीको डिलदेखि ढाँडखोला सडक तथा नाला निर्माण कार्यका लागि ५० लाख, कास्की जिल्ला हेम्जा–मेलबोट धिताल–धम्पुस–खानिगाउँ–ल्वाङ्गघलेल–सिदिङ्ग–रिभान–लाहाचोक–घाचोक–खारपानी–भुर्जुङखोला–पुरनचौर–मर्दिपुल–चक्रपथ निर्माण , कास्की १० लाख, बसुन्धरा पार्क निर्माणका लागि ४० लाख, रहेको छ । आर्थिक वर्ष २०७७–०७८को बजेटमा बसुन्धरा पार्कको गुरुयोजनाका लागि समेत ५ लाख बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रम अन्तरगत सौर्य उर्जा प्रविधि र सुधारिएको चुलो र बायोग्यास र लघुजलविद्युत जडान अन्तरगत पोखरा महानगरपालिकालाई ८ लाख, अन्नपूर्ण गाउँपलिका( १६ लाख तथा माछापुच्छ्रे गाउँपालिकाले ८ लाख प्राप्त गर्नेभएका छन । त्यसै गरि नदि तथा पहिरो नियन्त्रण अन्तरगत काँडे पहिरो व्यवस्थापन कार्य, अन्नपूर्ण–३ लाई १ करोड ३० लाख, सार्दिखोला सिंचाइ योजना,गण्डकी १ करोड ५० लाख रहेको छ ।

घाचोक–लाहाचोक जोडने झोलुङ्गे पुलका लागि ५० लाख, सेती नदि पुल, खारपानी, माछापुच्छ्र्रे, सार्दिखोला, सडक–पुल निर्माण गर्न ४० लाख, हर्पनखोला लौरेक चापाकोट सडक खण्ड, पोखरा वडा नं २३–२४ का लागि १ करोड १५ लाख र फुस्रेखोला चिसापानी सडक पुल, पुम्दी(भुम्दी,(सडक पुल) ४५ लाख रहेको छ । ठोट्ने खोला कल्वर्ट,पोखरा २४ र अन्नपूर्ण–१ (डिपिआर समेत)लाई २० लाख रकम विनियोजित भएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तरगत कास्की निर्वाचन क्षेत्र नं ३ लाई प्राथमिकतामा राखिएको विनियोजित बजेटमा लब्ली डाँडा पार्क निर्माण, व्यवस्थापन,पोखरा महानगरपालिका १८ लाई २० लाख, फेवाताल संरक्षण तथा ब्यवस्थापनमा ५० लाख, फेवा जलाधार क्षेत्रको संरक्षण योजना निर्माण गर्न २० लाख, फेवाताल क्षेत्रको थिग्रीकरण मापन तथा अनुगमन कार्य गर्न १० लाख र फेवातालमा जलकुम्भी अध्ययन तथा मिचाहा प्रजातिको व्यवस्थापनका लागि ५ लाख रहेको छ ।

यसै गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमका लागि पोखरा महानगरलाई ४ लाख, अन्नपूर्ण गापालाई ४ लाख र माछापुच्छ्रे गापालाई ४ लाख बजेट विनियोजित भएकोमा कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमका लागि भन्दै अन्नपूर्ण गापालाई ५० लाख विनियोजित गरिएको छ । पशु सेवा विभाग अन्तरगत पोखरा महानगरलाई ४६ लाख, अन्नपूर्ण गापालाई २१ लाख र माछापुच्छ्रे गापालाई २६ लाख रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पोखरा माहनगरलाई ५४ लाख, अन्नपूर्ण गापालाई ४९ लाख, माछापुच्छ्रे गापालाई ३९ लाख, राष्ट्रिय फलफुल विकास कार्यक्रम अन्तरगत पोखरा महानगरलाई २९ लाख, अन्नपूर्ण गापालाई २ लाख र माछापुच्छ्रेलाई २३ लाख रहेको छ भने वाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तरगत अन्नपूर्ण गापालाई १० लाख रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button