स्याङ्जाका ३ संक्रमितले कोरोनालाई जिते

पोखरा । स्याङ्जाका ३ पुरुषले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टी भई स्याङ्जा जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का १ जना पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

वालिङका युवक जेठ १५ देखि  र गल्याङका २ जना जेठ  १८ गतेबाट  अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाव संकलन गरि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ  आएकोले  आज अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल स्याङ्जालाई उद्धृत गर्दै निर्देशनालय जानकारी दिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ पुगेको छ ।

स्याङ्जाका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ  । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय व्यक्तिको आइतबार राति कोरोनाका कारण मृत्यु भएको हो ।

स्याङ्जाका ३७ जना पुरुष तथा १ महिलासहित प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button