पोखरा र आसपासको पर्यटयिक पुर्वाधारका लागि ५ करोड ८० लाख

पोखरा । पोखरा र आसपासको पर्यटकिय पुर्वाधार बिकासका लागि ५ करोड ८० लाख रुपैयाँ विनियोजन भएको छ ।

संघीय सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फेवाताल संगै पोखरा आसपासको पर्यटकिय गन्तव्य विकासका लागि उक्त रकम विनियोजन भएको  हो ।

संस्कृती, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले गण्डकी प्रदेश अन्तरगतको पन्चासे क्षेत्र कास्कीमा पर्यटकिय पुर्वाधार निर्माण कार्यको लागि २ करोड तथा पोखरा वरिपरिको ‘हाइकिङ गन्तव्यहरुलाई  जोडने सक्रिट निर्माण कार्यलाई निरन्तरता दिन  १ करोड ३० लाख छुट्टाइएको छ ।

कास्कीको निर्वाचन क्षेत्र नं ३ मा पर्ने उक्त क्षेत्रमा मन्त्रालयले केदारेश्वर महादेव परिसरमा पर्यटकिय पुर्वाधार निर्माण गर्न ५० लाख तथा फेवाताल वरिपरिको रात्रीकालिन वत्ती जडान र साइकल लेन विस्तार गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी  बन तथा वातावरण मन्त्रालय अन्तरगत फेवाताल संरक्षण तथा व्यवस्थापनका लागी ५० लाख, फेवा जलाधार क्षेत्रको संरक्षण योजना निर्माण गर्न २० लाख, फेवाताल क्षेत्रको थिग्रीकरण मापन तथा अनुगमन कार्यका लागि १० लाख, फेवाताल क्षेत्रको थिग्रीकरण मापन तथा अनुगमन कार्यगर्न १० लाख र फेवातालमा जलकुम्भी अध्ययन तथा मिचाहा प्रजातिको व्यवस्थापन गर्न ५ लाख रकम छुट्टयाइएको छ । मन्त्रालयले पोखरा १८ स्थित लब्ली डाँडा पार्क निर्माण एवम व्यवस्थापनका लागि बजेट २० लाख बजेट छुट्टाएको छ ।

शहरी विकास मन्त्रालयले पोखरा ६ स्थित बसुन्धरा पार्कको निर्माणका लागि ४० लाख  गुरुयोजना निर्माणका लागि ५ लाख विनियोजन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button