बागलुङका ४ जनाले कोरोना जितेर घर फर्किए

पोखरा ।  कोरोना संक्रमण पुष्टी भई धौलागिरी अस्पतालको आइसोलेसनमा कक्षमा उपचाररत ४ पुरुषले कोरोनालाइ जितेर घर फर्किएका छन् ।

तमानखोला गाउँपालिका  २७ बर्षीय २ जना पुरुष र बडीगाड गाउँपालिकाका  १९ र २० का २ जना पुरुषहरु अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जेठ १४ गते कोरोना संक्रमण पुष्टी भएर अस्पताल भर्ना भएका  उनीहरुको स्वाव संकलन गरि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जानकारी दिएको हो ।

आज नै कोरोना संक्रमण पुष्टी भई स्याङ्जा जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का १ जना पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९  पुगेको छ । यसअघी बागलुङकै २ महिलाले कोरोना जितेर घर फर्किएका थिए ।

गण्डकीमा हालसम्म  कोरोनाबाट एक जनाको मृत्यु भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय व्यक्तिको आइतबार राति कोरोनाका कारण मृत्यु भएको हो ।

हालसम्म प्रदेशमा बागलुङका ३७ जना पुरुष तथा ३  महिलासहित  कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button