गोरखामा कोरोना संक्रमित नै गाउँ डुल्दै हिँडे

गोरखा, २९ जेठ । कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताएपछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई  मंगलबार घर पठाएको थियो ।

गाउँ पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु पनि आफन्त साथी भाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका  ३ जना पुरुष र १ महिला गरि ४  जनामा कोरोना देखिएको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भएपनि यसका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँ गाउँ पुग्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।

कोरोना भाइरस संक्रमितहरुले गाउँ परिक्रमा गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएका छन्।

संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागि जिम्मेवार बन्न भने सकेका छैनन् ।

जिल्लामा यस अघि १० जना आइसोलेसनमा रही उपचार गराइरहेका छन् । थप संक्रमित चार जना मध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button