स्याङजाका दुई कोरोना संक्रमित लाई थप उपचारका लागि पोखरा ल्याइयो

पोखरा । स्याङजाका दुई कोरोना संक्रमितलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

स्याङजा जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत वालिङ १३ का ५४ र ३२ वर्षीय पुरुषलाई स्वास प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि बुधबार दिउसो पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पोखरा न्युजलाई बताए ।

अस्पतालका निर्देशक डा. आचार्यका अनुसार उनीहरु दुवैको स्वास्थ्य स्थिती सामान्य रहेको छ ।

भारत बाट फर्किएपछि स्याङजा स्थित हेलुको कालिका सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका उनीहरुको सक्रमण पुष्टी भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । नाताले बाउ छोरा रहेका उनीहरुलाई जेठ २४ कोरोना सक्रमण पुष्टी भएको थियो ।

स्याङ्जामा अहिलेसम्म १ जना महिला सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने एक जना ६० वर्षिय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button