कतारबाट २ सय ६३ नेपाली स्वदेश फर्किए

तिलु शर्मा । विश्वभर कहर फैलाएको कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने नेपाल सरकारको नीति बमोजिम राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले कतारबाट पॉचौ “सहजीकरण उडान” गरेको छ । गए राति कतारबाट २२ महिला र १ सय ४१ पुरुषसहित २ सय६३ जनाले उडान भरेका छन् । लकडाउनको समय यता दोहामा व्वाईटबडीले यो पहिलो उडान गरेको हो ।

उक्त फ्लाइटमा विभिन्न समयमा कतारमा विविध कारणले ज्यान गुमाएका दश जनाको लाश समेत पठाइएको जानकारी नियोगका दित्तिय सचिव तथा श्रम सहचारी भुवन प्रसाद भट्टले जानकारी गराएका छन् । एयरपोर्टमा यात्रीहरूलाई बिदाइ गर्न भट्टका अलावा राजदूतावासका दित्तिय सचिव प्रवीण भट्टराई एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

कतारबाट कुल १०३१ यात्रुहरूले उडान भरेका छन् भने ३१ वटा सब नेपाल पठाईएको पुष्टि भट्टराईले गरेका छन । जस्मा कतार एयरवेजले आफ्ना कर्मचारी १ सय ४७, एयरवेजकै उद्धार फ्लाइट मार्फत ४३ जना आममाफी पाएका र २० शव रहेका थिए । पहिलो चार्टर उडान मार्फत १ सय ४९, दोस्रोमा १ सय ४५ , तेस्रोमा १ सय ५६ र चौथोमा १ सय ४८ जना र एक लास नेपाल पुगी सकेका छन् । नेपाल एयरलाईन्सले आज राती दोहाबाट पुन: अर्को उडान भर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button