फेसबुकमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

तुल्सीपुर। दाङको तुल्सीपुरकी एक युवतीले फेसबुकमार्फत लाइभ गर्दै आत्महत्या गरेकी छिन् ।

बुधबार मध्यराति तुल्सीपुर उपमहानगर-५ रानीजरुवा बस्ने अन्दाजी २३ वर्षीया एलिसा गौतमले झुन्डिएर आत्महत्या गरेकी हुन् । राति १ बजेर २५ मिनेट जाँदा कोठाको फ्यानमा झुन्डिएर उनले आत्महत्या गरेकी थिइन् ।

आत्महत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनको सम्बन्धविच्छेद भएको र हाल माइती बस्दै आएकी थिइन् । मृतककी एक छोरीसमेत रहेको जनाइएको छ।

मध्यराति साढे १ बजे तिर नै एक पत्रकारमार्फत प्रहरीलाई युवतीले आत्महत्या गर्न लागेको जानकारी मिले पनि खोजी गर्न समय लाग्दा युवतीले आत्महत्या गरिसकेको अवस्थामा भेटिएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा साढे ३ बजिसकेको प्रहरीले जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

युवतीले हात जोड्दै माफी मागेर आत्महत्याका लागि तयारी गरेको भिडियो फेसबुकमा लाइभ गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button