नेपालमा कोरोनाबाट थप २ को मृत्यु, २ सय ३२ संक्रमित थपिए

पोखरा । नेपालमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखा अस्पतालमा उपचाररत गोरखा पालुङ्टार-७ का ४४ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। कतारबाट १७ गते नेपाल फर्किएका उनको अस्पतालमा आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । मधुमेहका बिरामी रहेका उनी असार १९ गते अस्पताल भर्ना भएकोमा आज बिहानै मृत्यु भएको थियो ।

त्यसैगरी रुपन्देही देवदहका ७५ बर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । उनको असार १७ गते काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा १८ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए । उनी क्षयरोगका विरामी रहेका थिए ।

यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रबार२ सय ३२ संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ६ हजार ४ सय १५ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button