भारतीय सिरियल किलरले स्वीकारे ५० बढी ट्याक्सी चालकको हत्या अभियोग

पोखरा । भारतका एक कुख्यात सिरियल किलरले ५० बढी ट्याक्सी चालकको हत्या गर्दै लाशलाई गोही भएका नहरमा फालेको स्वीकारेका छन् ।

देवेन्दर शर्मा नाम गरेका ती व्यक्तिलाई सन् २००२ देखि २००४ सम्म दुई वर्षको अवधिमा ७ ट्याक्सी चालकको हत्या गरेको अभियोगमा राजस्थानमा पक्राउ गरेर आजीवन जेल चलान गरिएको थियो । १६ वर्षसम्म जेल जीवन बिताए पछि उनलाई गत जनवरीमा २० दिनका लागि पेरोल प्रदान गरिएकोमा उनी त्यसपछि जेल नफर्की फरार भएका थिए । फरार उनलाई ६ महिना पछि प्रहरीले बुधबार दिल्लीबाट पक्राउ गरेको हो ।

पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा शर्माले ७ नभई ५० भन्दा बढी ट्याक्सी चालकको हत्या गरेको स्वीकार गरेका हुन् । उनले आफ्नो समूहले उत्तर प्रदेशमा ट्याक्सी भाडामा लिएर एकान्तमा लगेर ड्राइभरको हत्या गर्दै लाशलाई गोही भएका नहरमा फालेको प्रहरीसमक्ष बताएका हुन् । चालकको हत्या पश्चात् उनको समूहले ट्याक्सी र ट्याक्सीका पार्टपुर्जा बेच्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शर्मा १२५ भन्दा बढी अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेको जनाइएको छ । सन् १९८४ देखि राजस्थानको एक अस्पतालमा क्लिनिक सञ्चालन गर्दै आएका शर्माले परम्परागत भारतीय औषधीका विषयमा डिग्री समेत हासिल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button