ट्विटर ह्याक काण्डमा पक्राउ परे १७ वर्षीय किशोरसहित ३ युवा

पोखरा । यही १५ जुलाईमा विश्वकै प्रतिष्ठित व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक काण्डमा एक १७ वर्षीय किशोरसहित ३ युवा पक्राउ परेका छन् ।

अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा, आउँदो राष्ट्रपतीय चुनावका उम्मेद्वार जो बाइडेन, माइक ब्लुमबर्ग, अमेजन कम्पनीका मालिक जेफ बेजोस, टेस्लाका सिइओ इलोन मक्स, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, कलाकार कान्ये वेस्टलगायतका चर्चित व्यक्तित्वको ट्विटर एकाउन्ट ह्याक गरेर ती युवाहरुले बिटक्वाइन नामक क्रिप्टोकरेन्सीको माग गरेका थिए । उनीहरुले ती आइडीबाट १ हजारको बिटक्वाइन पठाउनेलाई २ हजार डलर दिने अफरको घोषणा गरेका थिए ।

पक्राउ पर्नेमा ट्याम्पा फ्लोरिडाका १७ वर्षीय ग्राहम आइभ्यान क्लार्क, ओरलान्डोका २२ वर्षीय निमा फाजेली र बोग्नर, बेलायतका १९ वर्षीय मेसन सेपर्ड रहेको जनाइएको छ । तीन मध्येका १७ वर्षीय किशोरलाई ठगीका ३० मुद्दा लगाई वयस्क कै रुपमा कारवाही अघि बढाइने बताइएको छ । उनीहरुले स्क्याममार्फत विश्वभरबाट करिब १ लाख डलर बराबरको बिटक्वाइन संकलन गरेका थिए ।

ह्याकरहरुले ट्विटरका कर्मचारीको विवरण चोरी गरि ट्विटरको सिस्टममै आक्रमण गरेका थिए । उनीहरुले १ सय ३० एकाउन्टलाई निशाना बनाएकोमा ४५ एकाउन्टबाट सफलतापुर्वक ट्विट गर्न सफल भएका थिए भने ३६ जनाको ट्विटर इन्बक्समा सिधा पहुँच तथा ७ एकाउन्टको ट्विटर डेटा हासिल गरेका थिए ।

घटना पछि ट्विटरले उक्त घटनाले कम्पनीलाई स्तब्ध पारेको र घटनाको अनुसन्धान गरि थप विस्तृत विवरण सार्वजनिक गर्ने बताएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button