पहिरोले अवरुद्ध पृथ्वीराजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालन

तनहुँ । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।  रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button