पोखराका १ सहित कास्कीका ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २० संक्रमित थपिए

पोखरा । पोखराका १  जनासहित गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान प्रदेशको कास्की जिल्लाका ४ जना पुरुष तथा २ महिला, तनहुँका २  जना पुरुष, स्याङजाका ६ पुरुष तथा २ महिला, लमजुङका ३ पुरुष र बागलुङका १ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५  सय ५ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button