कतारले गर्‍यो ९० नेपालीलाई डिपोर्ट, २ उडानमा ४०५ नेपाली स्वदेश फर्किए

तिलु शर्मा पौडेल, दोहा कतार । कतारबाट हिजो बिहान र साँझ गरी दुई वटा जहाजले नेपालका लागी उडान भरेका छन् । कतारको हमाद विमानस्थलबाट हिमालयन एयरलाइन्स सँगै कतार एयरवेजले पनि उडान भरेको हो । सहजीकरण उडान अन्तर्गत हिमालयन एयरलाइन्सले २५ औँ तथा कतार एयरलाइन्सले पाँचौँ “उद्धार उडान” गरेको हो ।

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कानुन उल्लङ्घन को कसुरमा जेल जीवन बिताई रहेका तथा फिर्ती केन्द्रमा रहेकाहरूलाई डिपोर्ट गर्ने कार्यलाई कतारले तीव्रता दिएको छ । यसै क्रममा हिजो बिहान ९० जना नेपालीलाई कतारबाट डिपोर्ट गरिएको छ भने चार फरक फरक कम्पनीका १६१ जना कामदार सहित २५१ जनालाई कतार एयरलाइन्सले उद्धार उडान गरी नेपाल पुऱ्याइएको जानकारी दूतावासका दित्तीय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

उक्त उडानमा विभिन्न समयमा मृत्यु भएका २ जना नेपालीको लास पनि नेपाल पठाइएको जानकारी दित्तिय सचिव भुवन प्र भट्टले गराए । गए राती २५ औ सहजीकरण उडान मार्फत कतारबाट ८ महिला सहित १५४ जना लिएर हिमालयन एयरलाइन्सले उडान भरेको नियोगका श्रम सहचारी अनुज गौतमले जानकारी दिएका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रुहरूको बिदाइ तथा सहजीकरण का लागी नेपाली राजदूतावासका तर्फबाट गौतमका साथै तृतीय सचिव तुलसी कोइराला दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । २५ औँ तथा कतार एयरवेजको उडान सहित कुल ४ हजार ५ सय ९४ तथा विभिन्न समयमा विभिन्न कारणले मृत्युवरण गरेका ४६ जना नेपालीको लास नेपाल पुगी सकेको छ ।

अगस्टको ८ र ९ मा हिमालयन तथा ९ र १० मा नेपाल एयरलाइन्सले कतारबाट थप उडान गर्ने तालिका रहेको नेपाली राजदूतावास कतारले एक सूचना मार्फत जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button