पोखराका रोहितको सर्प बचाउने लक्ष्य: साढे ४ महिनामा २ सय ७२ सर्पको उद्धार

पोखरा । पोखरा १७ छोरेपाटनका रोहित गिरीले गत चैत्र ११ गते पछि मात्र २ सय ७२ वटा सर्पको उद्धार गरेका छन् । लकडाउनको समयमा समेत पोखरा अनि यस आसपासका ठाउँमा पुगेर सर्प उद्धार गरेका उनको यो कार्य लकडाउन खुलेपछि पनि निरन्तर जारी रहेको छ ।

बढी मात्रामा किङ कोभ्रा, हरेउ, मोनो सेलेट कोभ्रा, धामन सर्प, करेत सर्प, सिंगारे सर्प, हेर्दा करेत जस्तै देखिने चिचिन्डे सर्प पोखरा आसपासमा भेटिने गरेको उनले जनाए ।

रोहितले हालसम्म कुल ७ सयभन्दा बढी सर्पको उद्धार गरिसके । पछिल्ला दिनमा उनको व्यस्तता झन् बढ्दैछ । उनले गरेको काम, सक्रियता तथा लगावका कारण यस्तो भएको हो । अहिले पोखरा आसपासमा सर्प देखिए उनलाई फोन गर्छन । अनि उनी तुरुन्त तहाँ पुगी उद्धारामा जुटीहाल्छन् ।

यसरी उद्धारमा खटिएका उनले कुनै शुल्क भने लिदैनन् । कतैबाट पाउदैनन् पनि । ‘स्वमसेवी रुपमा काम गर्ने हो । रेस्क्यु फ्रिमा गर्छु । पैसा लिन्न, कहिबाट आउँदापनि आउँदैन’ उनले भने ।

खर्च चलाउनका लागि उनी फोटोग्राफी गर्छन् । इभेन्टहरुको फाटो खिच्ने, विवाहको फोटो भिडियो खिचेर चलिरहेको उनले सुनाए ।
२१ वर्षिय गिरी सर्पको संरक्षणमा उनी बच्चादेखिनै आर्कषित भएका हुन् । १२ वर्षको उमेरमा हर्रेउ (ग्रिन टिट भाइपर) घर नजिकै समाएका थिए । त्यसपछिनै सर्प प्रति उनि आर्कषित भए । विस्तारै सर्पकको बारेमा पढ्दै गए । लाइवेरीमा भएको सर्प सम्बन्धी किताब पढे । यसले उनमा झन् रुचि बढ्यो । विस्तारै सर्प समात्ने बारेको अध्ययनमा तल्लिन बने । उनी पोखराको पृथ्विनारायण क्याम्पसमा विज्ञान संकाय अन्र्तगत स्नातकतह वायोलोजी तर्फका विद्यार्थी समेत हुन् ।

सर्पको उद्धार गर्न उनलाई भाई रोसन गिरीले पनि सघाउँछन् । उनका भाइ २० वर्षका भए । उनी कक्षा १२ अध्ययनरत छन् । पोखरा आसपासमा पाइने विषालु सर्पमा राज गोमन (किङ कोभ्रा), मोनो सेलेट कोभ्रा, हरेउ, करेत आदी हो । सर्पको उद्धार गर्दा उसको बसाइको स्थिती र ठाउँले जोखिमलाई निर्धारण गर्दछ । खुल्ला ठाउँमा भए उद्धार गर्न सजिलो हुन्छ । धरै जसो सर्प अक्कारमा भेटिन्छ । त्यस्तो ठाउँमा ग्राह्रो हुन्छ । विशालु सर्पको उद्धार गर्दा जतिखेर पनि जोखिम भने हुन्छनै । सर्तक बन्दै काम गर्नुपर्छ ।

उद्धार गरेको सर्पलाई मानिसको पनि सुरक्षा हुने र सर्पको पनि सुरक्षा हुने ठाउँमा लगेर छोड्ने उनी गर्छन् । टाढा लगेर छोड्दा सर्प बाच्ने सम्भावना कम हुन्छ । लगभग एक किलोमिटर आसपासमा छोडिन्छ । धरै टाढा लैजादा अरु सर्प पहिल्लै हुन्छ त्यो ठाउँमा त्यो सँग लड्नु पर्यो । खानेकुरा कता पाइन्छ । पानी कता पाइन्छ नयाँ सर्पलाई थाहा हुदैन । त्यही भएर रेस्क्यु गरेको नजिकै सुरक्षा हुने ठाउँमा छोड्ने गरेको उनले प्रष्टाए ।

सर्पको आक्रमणबाट जोगिन कुन सिजनमा सर्प बढी आउँछ भन्ने थाहा पाएर सर्तक हुनुपर्ने उनको तर्क छ । घरको वरिपरि काम गर्नु भन्दा अगाडि राम्रोसँग हेर्नुपर्छ । घाँस काट्ने ठाउँमा हर्रेउ हुन सक्छ । तरकारी टिप्दा, झाडीमा काम गर्दा होसियार हुनुपर्छ । जंगल जानुछ रातीमा भने लामो बुट लगाएर जानुपर्छ । घर वरिपरी फोहर गर्नु भएन । दाउराको थुप्रोमा पनि सर्प हुनसक्छ । खासमा मुसा खान सर्प आउँने हो । घरभित्र छिर्ने प्वाल छन् भने टाल्नुपर्छ । त्यतिगरे छिर्देन ।

सर्पले देख्ने बितिकै आक्रमण कहिल्यै गर्दैन । जब सर्पलाई असर पर्छ अनि टोक्ने हो । कतिले सर्पलाई लठ्ठिले हान्छौ । जिस्क्याउछौँ । यसो गर्दा मात्र सर्पले टोक्न खोज्ने हो । केहि नगरी, नजिस्क्याई बस्दा सर्पले टोक्दैन । आफ्नै बाटो जान्छ । यो कुरा सबैले बुझ्नुपर्छ ।
सर्पको प्रजाती अनुसार बाच्ने आयु निर्धारण हुन्छ । रेस्क्युको कारण अहिले सर्पलाई सुरक्षित तरिकाले जोखिम नहुने ठाउँमा लाने चलन बढेकोले मानिसबाट प्रहारबाट सर्पको मृत्युहुने क्रम निकै घटेको छ । सर्वसाधरण मानिसमा सर्प मार्नुहुन्न भन्ने चेत र सर्प संरक्षणमा लागेकाहरुको क्रियाशिलताले नै यो सम्भव गराएको हो ।

रोहितको लक्ष्य स्नातकको पढाई पश्चात सर्पको विषयमा थप पढ्नेछ । सर्पको लागि केहि गर्ने । सर्प बचाउने । सकेको खण्डमा सर्पको बारेमा जानकारी दिने केन्द्र खोल्ने उनको रहर हो । मानिसहरुलाई सर्र्प पनि अरु जनावर जस्तै महत्वपूर्ण छ मार्नुहुँदैन भन्ने बारेमा जानकारी दिने आफ्नो योजना भएको उनले बताए ।

भाइले समेत रेस्क्युमा साथ दिदाँ सजिलो भएको उनको अनुभव छ । उनी भन्छन् ‘म रेस्क्यु गर्छु, भाइले भिडियो खिच्छ । कहिले भाइले रेस्क्यु गर्छ म भिडियो खिच्छु । म नभएको बेला भाइले रेस्क्यु गर्छ । सजिलो भएको छ ।’ परिवारमा सुरु सुरुमा सर्प किन समातेको, टोक्यो भने भन्ने गरेपनि अहिले सर्पोट पाउँदा उनीहरु उत्सािहत छन् । उनीहरु जतीबेला पनि अर्लट अवस्थामा बस्छन् ।

सर्पको उद्धार गर्दा वन कार्यालयसँग मिलेर गरिन्छ । विशालु सर्प छ । बाटोमा केहि हुने लाग्यो भयो । टाढा जानुपर्दा खबर गर्ने गरेको ।स्नेक कन्जरभेसन सोसाइटी नेपाल संस्थामा आवद्ध उनले संस्थामा पनि रेस्क्यु गर्न गएको जानकारी दिने गरेका छन् ।

सर्प समाउन बल पनि चाहिन्छ । यो कुरा सर्पको जातमा भर पर्छ । सर्प समाउन हुक प्रयोग गरिन्छ । उचाल्ने तरिका कहा समात्ने तरिका जान्नुपर्छ । बल पनि लाग्छ । यो कुरा सर्पमा भर पर्छ । चल्ने, टोक्न आउने पनि हुन्छ । टेक्निक मिलाएर समाउने हो । त्यसको लागि सर्पको आनीबानी थाहा पाउनुपर्छ । समात्नु भन्दा अगाडि कुन जातको हो आनीबानी बुझेर जानकारी लिइन्छ । सेल्फ स्टडी, लिटेचर, जर्नल, साइन्टिफिक पेपर पढेर जानकारी लिन्छन् । सामान्य जानकारी कलेजमा पढाइने कोर्षबाट पनि थाहा हुन्छ ।

एक अध्ययन अनुसार संसारभरी ३७ सय प्रजातीका सर्पहरु भएको पत्ता लागेको छ । जुन मध्ये ६ सय प्रकारका सर्प विषालु हुन्छन् । नेपालमा ८० भन्दा बढी प्रकारका सर्प पाइन्छन् । जसमा २० प्रकारका सर्प विशालु छन् । सर्पका स्वभाव जातअनुसार फरक हुन्छ ।
सर्प समात्नु सजिलो विषय होइन । जोखिम हुन्छ । कुनै सर्प यति विशालु हुन्छन् जसको टोकाइबाट मानिसको तुरुन्त मृत्यु हुन्छ । सर्प रेस्क्यु गर्ने मात्र हैन सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपुर्णनै हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button