कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या बढदै

तिलु शर्मा। वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको सङ्ख्या उच्च दरमा बृद्दि भई रहेको छ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका पीडितहरूले भरेको फारामको नामावली राजदूतावासले जारी गरेसंगैको तथ्याङ्कले प्रमाणित गरेको छ।

२६ जुन २०२० देखि ११ अगस्ट २०२० सम्म ५ हजार ७ सय ५७ जनाले व्यक्तिगत र ३ हजार ६ सय २८ जनाको नाम विभिन्न कम्पनिले दर्ता गरेको जनाइएको छ । करिब ४५ दिनमा प्राप्त उक्त पीडितहरूको फारामले कतारमा पीडितको अवस्था ऑकलन गरे जस्तो सामान्य नरहेको पुष्टि भएको छ । कतारबाट भोलि बिहान (१४ अगस्ट) नेपाल एयरलाईन्सले ३० औँ सहजिकरण उडान गर्ने दूतावासले जनाएको छ । चार्टर उडान मार्फत यसअघि ५ हजार भन्दा बढी नेपाली स्वदेश फर्कीसेकका छन् ।

नेपाल सरकारले भदौ १६ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ तर कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको अवस्था झन् भयावह बन्दै गैरहेको छ । कतार तथा खाडी राष्ट्रमा नियमित उडान खोल्न यहाँका सरोकारवालाहरूले नेपाल सरकार समक्ष माग गर्दै आएका छन् । कतारमा करिब साढे ४ लाख नेपाली कार्यरत रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button