उत्तर कोरियाले हटायो ३ साता लामो लकडाउन

पोखरा । कोरोनाको सम्भावित संक्रमित फेला परेसँगै उत्तर कोरियामा लगाइएको लकडाउन ३ साता पछि हटाइएको छ ।

त्यहाँको सरकारी मिडियाले केसोङ शहरमा लगाइएको ३ हप्ते लकडाउन हटाइएको जनाएको छ । तर ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो वा भएन भन्ने बारे भने केही खुलाइएको छैन । दक्षिण कोरियाको सीमावर्ती शहर केसोङमा दक्षिण कोरियाबाट लुकेर छिरेका एक मानिसमा कोरोना संक्रमणको आशंकामा शहरमा लकडाउन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनले भने परीक्षणको नतिजा अपुष्ट रहेको बताएको थियो ।

उत्तर कोरियाका शासक किम जोङ उनले देशमा कोरोना फैलिन नदिन सतर्क रहनु पर्ने र कुनै पनि किसिमका बाह्य सहयोग स्वीकार नगर्ने बताएका छन् । सुरक्षात्मक उपाय प्रयोग गर्नाले क्षेत्रमा कोरोनाको जोखिम स्थिर रहेको तर सीमा सुचारु गर्ने अवस्था भने नरहेको उनले बताए ।

लामो मनसुन र भारी वर्षाका कारण उत्तर कोरियामा ठुलो बाढी आउँदा ठूलो जनधनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button