विनोदको गीतमा श्रेया र राजुको रोमान्स (भिडियोसहित)

पोखरा। गायक विनोद बानियाले आफ्ना गीतलाई पुनः रेर्कड गर्ने र भिडियो निर्माण गरि दर्शकमाझ सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिएका छन् । केहि समय अगाडि पहिलो एलबम मान्छे मा समावेश ‘मान्छेको जुनी’ गीतको भिडियो रिलिज गरेका उनले शुक्रबार दोस्रो एलबम ‘डाउट’ को शिर्ष गीतको भिडियो रिलिज गरे ।

गीतको भिडियोमा श्रेया मर्हजन र राजु ग्याबकका रोमान्स हेर्न पाइन्छ । कलाकारिता क्षेत्रमा अगाडि बढ्न सर्घषरत दुवैजनाले भिडियो उत्कृष्ट बनाउन मेहनत गरेका छन् । हिमालय रोडिजको तेस्रो संस्करणमा सहभागी बनीसकेकी श्रेया मर्हजन यो भिडियो प्रति निकै आशावादी छन् । ‘व्यक्तिगत रुपमा मलाई भिडियो साह्रै राम्रो लाग्यो’ श्रेयाले भनिन् ।

मोडलिङ क्षेत्र तर्फ रुचि भएकी ५ फिट ४ इन्च हाइट भएकी श्रेया पोखरामा आयोजना भएकोे पाचौ संस्करणको मिस गण्डकीको प्रतिष्पर्धी समेत हुन् । भर्सस्टाइल मोडल बन्ने लक्ष्य बोकेर अगाडि बढेकी उनको यो डेब्यू म्युजिक भिडियो समेत हो ।

श्रेया भन्छिन् – ‘लकडाउन अगाडि पोखरामा निर्देशक तथा कलाकार अनुप बरालसँग अभिनय सिक्दै थिए् । कोरोना कहरका कारण कार्यशाला रोकियो । सोही समयमा मसँगै कार्यशालामा सहभागी साथी राजु ग्याबकले विनोद वानियाको म्युजिक भिडियो बन्दै छ लकडाउनको बेलामा गरौन भन्ने प्रस्ताव गरे । अनि मैले पनि हुन्छ भनेर काम गरेकी हुँ ।’

म्युजिक भिडियो, चलचित्र, फोटो सुट लगायतका क्षेत्रतर्फ लाग्दै स्थापित बन्ने सपना बुनेको उनले सुनाइन् । उनले केहि इभेन्टमा कोरियोग्राफिको भुमिका निभाइसकेकी छन् । मोडलिङमा मात्र हैन श्रेयालाई गीत गाउन समेत उस्तै रुचि छ । पोखराको त्रिवेणी संगीतालयमा संगीत सिकेर आफुमा निखारता थपेकी छन् । उनले विभिन्न कार्यक्रममा सांगीतिक प्रस्ुतती समेत राखिसकेकी छन् ।

२०५७ सालमा भएको राष्ट्रव्यापी आधुनीक गीत प्रतीयोगीतामा द्घितीय तथा क्षेत्रीय स्तरको प्रतीयोगितामा प्रथम हुन सफल कलाकार समेत रहेका विनोदको ‘डाउट’ एलबम २०६३ सालमा बजारमा आएको थियो । ‘के हुन्छ कुन्नी मनमा तिमी अरुसँग बोल्दा सायद शंकाले हो की…’ बोलको यो गीतमा आवाज र संगीत मात्र हैन रचना नै वानियाले गरेका थिए । सुनिल बर्देवाको संगीत रहेको यो गीतको म्यूजिक भिडियो पहिलेपनि निर्माण भएको थियो । तर त्यो भिडियो अहिले नभएको बानियाले जनाए । गीतलाई तीन वर्ष अगाडि अमित गुरुङले रि–एरेन्ज गरे । लकडाउनको समयको सदुपयोग गर्दै भिडियो निर्माण गरिएको हो । भिडियोको निर्देशन तथा छायाकंन मिलन शंकरले गरेका हुन् । काव्याको प्रस्तुती, नेत्र गुरुङको सम्पादनमा तयार भएको भिडियोलाई टिएलएन मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् । उनको पहिलो रेकर्ड भएको गीत ‘माया देखायौ कति सजिलै’ हो । वानियाले छोटो चलचित्र ‘फेम’ निर्देशन समेत गरिसके । लकडाउनकै समयमा जित्छौ हामी गीत समेत उनले पस्केका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button