पोखरामा आज रातिदेखि निषेधाज्ञा जारी हुने !

पोखरा न्यूज ।  पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक साताका लागि कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

पोखरामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुँदै गएपछि समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो बारे पोखरा न्यूज सँग कुरा गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिदेखि एक साताका लागि कडा निषेधाज्ञा लगाउने निष्कर्ष निकालेको जानकारी दिए  ।

पोखरामा एक दुई दिन यता कोरोना सक्रमितको सङ्ख्या ह्वात्तै बढेकोले निषेधाज्ञा लगाउने विषयमा समितिले निर्णय गरेको प्रमुख जिसीले बताए । प्रमुख जिसीले समितिको निर्णयलाई जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा पेश गरिने  त्यहिबाट थप निर्णय हुने समेत बताए । उनले भने -” यस विषयमा सिसिएमसीको बैठकमा छलफल हुन्छ , सम्भवत आज राति बाटै लागु हुनेगरी  निषेधाज्ञा जारी हुन्छ ।”

हालसम्म पोखरामा २ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र आइतबार सम्म १ सय २७ जना निको भएर घर फर्किएको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरा न्यूजलाइ बताए । आइतबार मात्रै पोखरामा २२ जनामा कोरोना पुष्टि भएको पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button