पोखरामा सडक छेउमा एक पुरुष मृत फेला

पोखरा न्यूज  । पोखराको इन्द्रपुरी चोकमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन्  ।

अन्दाजी ४०/ ४५ वर्षका  पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी यादव ढकालले पोखरा न्यूजलाई जानकारी दिए ।

“इन्द्रपुरी चोक नजिकै प्रतिक्षालयको अगाडि सडक छेउमा एक वेवारिसे शव फेला परेको छ, हामि अनुसन्धान गर्दैछौ” –  डिएसपी ढकालले भने ।

शवलाई पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाइएको डिएसपी यादव ढकालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button