पोखरामा थप एक कोरोना सङक्रमितको मृत्यु

पोखरा । पोखरामा शुक्रबार थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  कोभिड -१९ उपचार केन्द्रमा उपचाररत  पोखरा -१६ का ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

श्वास प्रस्वासमा समस्या देखिएपछि  अस्पतालमा उपचारका लागि आएका उनको  दिउसो १२ः१५ मा मृत्यु भएको प्रतिष्ठानका    निर्देशक सह प्रा. डा . अर्जुन आचार्यले जानकारी दिए  ।  मृतकमा कोभिड १९ सङ्गै उच्च रक्तचाप र मधुमेह लगाएतका स्वास्थ्य समस्या रहेको निर्देशक आचार्यले बताए ।

यस सँगै पोखरामा स्वास्थ्य प्रतिष्ठानमा कोभिड- १९ का कारण  मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button