ढुङ्गेसांघु जात्राको संरक्षण माग गर्दै प्रदर्शन

पोखरा । हिन्दू परिषद् नेपाल कास्कीले हिन्दूराष्ट र पोखराको ढुङ्गेसांघु जात्रा संरक्षण गर्न माग गर्दै शनिबार पोखराको चिप्लेढुङ्गामा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा बोल्दै हिन्दू परिषद् नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यकले शान्ति सुरक्षाको माग सहित ढुङ्गेसांघु जात्रा संरक्षण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । कास्कीको सबै भन्दा पुरानो जात्रामा सरकारले ध्यान नदिएको भन्दै उहाँले आक्रोश ब्यक्त गर्नुभयो । कोरोनाको समय भएकोले पनि अहिले चेतावनी स्वरुप सामान्य प्रदर्शन मात्र गरिएको उहाँको भनाई छ ।

यस बिषयप्रति सम्बन्धित निकायले चासो नदिएको खण्डमा सबै हिन्दूहरुलाई आन्दोलनमा आउन अनुरोध गर्दै त्यस आन्दोलनको नेतृत्व हिन्दू परिषद् नेपालले गर्ने समेत उहाँले चेतावनी दिनुभयो । प्रदर्शनमा ढुङ्गेसाघु जात्राको संरक्षण सहित ओमकार परिवार एक होऔ, हिन्दू माथिको दमन बन्द गर, सनातन धर्म मास्न पाईदैन जस्ता माग थिए ।

हिन्दू पूजारीमाथिको आक्रमण आन्दोलनमा हाम्रो एकबद्धता, दोषी लाई कारवाही गर, शान्ति सुरक्षाको ग्यारेन्टी गर, धर्म निरपेक्षताको आडमा गुण्डागर्र्दी बन्द गर, हाम्रो राष्ट्र हामीलाई प्राण भन्दा प्यारो छ, रातो मछिन्द्रनाथ रथ यात्रा हाम्रो संस्कृति र गौरब हो लगायतका नारा लगाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button