कोरोनाबाट पोखरामा थप एक जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१०  की ७३ वर्षीया महिलाको मंगलबार दिउसो मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भई  प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएकी महिलाको मंगलबार  ३  :५० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ९ जनाले ज्यान गुमाएका छन् ।

काठमाण्डौको विरेन्द्र अस्पताल छाउनीमा उपचाररत  कास्कीको अन्नपुर्ण गाउँपालिका १ की ६३ वर्षीय संक्रमित  महिलाको उपचारकै क्रममा  शनिबार बिहान ९ : १५ मा मृत्यु भएको निर्देशनालायले मंगलबार जानकारी दिएको छ  । ब्रेन ट्युमर र मृगौलाको समेत  समस्या रहेकी उहाँमा १९ गते कोरोना पुष्टि भएको थियो ।

यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button