बागलुङ, पर्वत र लमजुङमा भूकम्पले घर भत्कायो

पोखरा न्यूज । सिधुुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार गएका भूकम्पको धक्काले बागलुङमा एक घर भत्केको छ ।
बगलुङ नगलपालिका–६ भिरलाकुरी निवासी ६९ वर्षीय दुर्गाबहादुर सुवेदीको ढंगामाटोले बनेको घर भत्केको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घरभत्कदा मानवीय क्षति भने भएको छैन् ।

त्यस्तै पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङमा भूकम्पको धक्काले नारायण सुवेदीको घर भत्केको छ । इटा र माटोले बनेको उक्त घर भत्कदा ५ लाख बराबरको क्षति भएको पर्वत प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी लमजुङको बेसीँशहर नगरपालिका–११ तिवारीडाँडा निवासी ४५ वर्षीया अम्विका तिवारीको ढंगामाटोको कच्चीघर भत्केको छ । घर भत्कदा मानवीय र चौपाय भने क्षति भएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button