कतारमा मनाइयो संविधान दिवस

दोहा कतार । नेपाली राजदूतावास कतारको आयोजनामा “छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस“ कार्यकम सम्पन्न भएको छ ।

दूतावासको सभाहलमा शनिवार सम्पन्न कार्यक्रममा दूतावास परिवार, कतारका नेपाली समाजका अगुवा तथा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा महामहिम राजदुत डा. नारद नाथ भारद्वाजले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु-भाषागत, बहु-धार्मिक, बहु-सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो रहेको बताएका थिए । साथै नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेकोमा खुशी ब्यक्त गरे।

दूतावास प्राङ्गणको सभाहलमा दीप प्रज्वलन गर्दै सुरुवात र केक काटेर समापन गरिएको कार्यक्रमको संचालन दित्तीय सचिव ऋचाभट्टराईले गरेकी थिईन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button