पोखरा लेडी जेसिजले सप्ताहप्यापी कार्यक्रम गर्ने

पोखरा नयूज । पोखरा लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रम संचालन गर्ने भएको छ । यही ५ गतेदेखि ११ गतेसम्म यस्तो कार्यक्रम गर्न लागिएको जानकारी पोखरा लेडी जेसिज वर्ष २०२० की शाखा अध्यक्ष शोभा भूजेलले बताइन् ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत बालबालिकाका लागि वत्तृत्वकला, बालसुधार गृहका बालबालिकालाई आवश्यक सामाग्री, महिलाका लागि सीपमुलक तालिम, लकडाउनका कारण घरमा बसेका महिलाको क्षमता अभिवृद्धि, मन्टेश्वरी स्तरीय चित्रकला क्यारेन्टाइनमा रहेका बिरामीलाई खाद्यान्न वितरण जस्ता कार्यक्रम रहेकाछन् ।

सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रोष्ठ, कार्यक्रमका संयोजक अनिता थापा लगायतले आफ्नो भनाई राखेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button