कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १३१३ जनामा संक्रमण

पोखरा न्यूज । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय १३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ वर्षीया महिला र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज १ हजार ४ सय ५५ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । आइसियुमा २ सय २७ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन । देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेको छ । आज देशभरीका संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button