पोखरा महानगरको ६ वटा वडामा थपिए १४ कोरोना संक्रमित

पोखरा । पोखरा महानगरको ६ वटा वडामा १४ सहित गण्डकी प्रदेशमा मंगलवार १८ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का ९ वर्षीया वालिका सहित १४ र ३६ वर्षीय पुरुष, वडा ८ का ४९ वर्षीय पुरुष, वडा १३ का २४ वर्षीय पुरुष, वडा १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं १७ का २४, ३१ र ६१ वर्षीय पुरुष सहित ५५ र ५६ वर्षीया महिला, वडा २० का ८३ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ ।

त्यसै गरि नवलपुर विनय त्रिवेणी वडा ३ का ७० वर्षीया महिला र १२ वर्षीय वालक तथा वडा ४ का २६ र ५९ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ८ सय १३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button