पोखरामा आफ्नै भतिजीलाई करणी गर्ने युवा पक्राउ

पोखरा न्यूज । आफ्नै भतिजी करणी गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

भतिजीलाई डरधम्की देखाई करणी गरेको आरोपमा  प्रहरीले सर्लाही  निवासी २१ वर्षीय युवालाई  पक्राउ गरेको हो। प्रहरीले पिडित युवतीको पहिचान गोप्य राख्नको लागि युवकको नाम पनि सार्वजनिक गरेको छैन ।

वि.स. २०७६ पुस २ गते घरमा कोही नभएको अवस्थामा पोखरामा आफ्नै भतिजीलाई  डरधम्की दिई करणी गरेको अभियोगमा युवकलाई सर्लाहीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी  हमालका अनुसार युवतीले  भदौ २९ गते छोरा जन्माएपछि पिडित पक्षले  दिएको जाहेरीका आधारमा  युवकलाई सर्लाही प्रहरी कार्यालय सँग समन्वय गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका  युवक विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button