कोरोना संक्रमणबाट गण्डकीमा २ जनाको मृत्यु, ४ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार बिहान कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ४ जना नयाँ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र बिपी. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ४ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर जिल्ला, कावासोती-५ का ७७ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार बिहान ०३ः४५ बजे चितवन मेडिकल कलेज, चितवनमा सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको छ । असोज १६ गते अस्पताल भर्ना हुनुभएकी महिला असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ पिसाब तथा स्वाशप्रस्वास सम्बन्धि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।

त्यसैगरी तनहुँ व्यास नगरपालिक–३ का २३ वर्षीय पुरुष, व्यास २ की ७० वर्षीया महिला, नवलपुर कावासोतीका ४८ वर्षीय पुरुष र देवचुलीकी ४८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने निको हुनेको संख्या ३ हजार ४७ पुगेको निर्देशनालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button