कास्कीका ६ सहित गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । कास्की जिल्ला पोखरा महानगरपालिकाका ६ सहित मंगलवार दिउसो गण्डकी प्रदेशमा २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा २१ नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन । पोखरा वडा नं १ का १८ वर्षीय पुरुष,  ३ का २३ वर्षीय पुरुष,  ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसै गरी स्याङजा चापाकोट वडा नं ६ का २६ वर्षीय पुरुष, तनहुँ व्यास वडा नं की ३० वर्षीय महिला, देवघाट ५ की ३८ वर्षीया महिला, नवलपुर गैडाकोट २ का ३९ र ४१ वर्षीय महिला, ३४, ३८ र ४२ वर्षीय पुरुष,  ४ का ४८ वर्षीय पुरुष,  ११ का २७ वर्षीय पुरुष, वडा १३ का ३३ वर्षीय पुरुष र वडा नं १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं १० का ३९ वर्षीय पुरुष, कावासोती २ का ३९ वर्षीय पुरुष र गोर्खा सिरानचोक ३ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको सँख्या ४ हजार २ सय ६४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button