तनहुँ र म्याग्दीमा शिक्षक र आर्मीसहित थप ४ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार बिहान  थप ४  जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार  प्रदेशका तनहुँ र म्याग्दी जिल्लाका ४ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा तनहुँ  ब्यासका स्थानीय स्कुलका ५१  वर्षीय शिक्षक, ब्यास १२ का  कृषि सामाग्री कम्पनि लिमिटेडका पुरुष कर्मचारी तथा म्याग्दीको बेनीमा  कार्यरत ३० र ३६ वर्षका आर्मी  रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित को संख्या ४ हजार ३ सय १३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button