पोखराका ३ र वागलुङका २७ सहित गण्डकीमा ३७ कोरोना संक्रिमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा वुधवार पोखरा महानगरपालिकाका ३ सहित ३७ नयाँ कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ५२ वर्षिय पुरुष तथा ३३ र ३५ वर्षीया महिला, लमजुङ राइनास ७ का २३ र २५ वर्षीय पुरुष, वागलुङ काठेखोला १ २२ वर्षीय पुरुष, २ का ३० वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, वागलुङ नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा वागलुङ नगरपालिका २ का २२ देखि ४२ वर्षीय उमेर समुहका नेपाल आर्मीमा कार्यरत २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ३ सय ६७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button