स्याङजामा थप २२ जनामा कोरोना पुष्टि, गण्डकीमा ५६ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा  शनिबार दिउसो थप ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउसो कास्कीको पोखरा महानगरका १ सहित, म्याग्दीका २ जना, स्याङजाका  २२ जना र नवलपुरका ३१  जना गरि थप ५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का १ पुरुष, म्याग्दीको मंगला १ र ४ का १  पुरुष र महिला,  स्याङजाको चापाकोट १९ पुरुष र ३ महिला  तथा  नवलपुर गैंडाकोटका २२ पुरुष र ९ महिला रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३३  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button