पोखराका १० वटा वडाका थप २० जनामा कोरोना पुष्टि, कास्कीमा २२ संक्रमित थपिए

पोखरा न्यूज । पोखरा महानगरका २० सहित कास्की जिल्लामा २२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउसो कास्कीको पोखरा महानगरका २० जना र अन्नपुर्ण गाउँपालिकाका २ जना गरी कास्कीमा २२ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका  ५ की २ महिला , ७ की २ महिला, ८ का २ पुरुष , ९ का ३ पुरुष,  ११ का २ पुरुष, १५ की १ महिला, १६ की १ महिला, १७ का २ पुरुष तथा २ महिला , ३० की १ महिला तथा अन्नपूर्ण गाउँपालिकाका १ पुरुष र १ महिला रहेका छन् ।

त्यस्तै तनहुँको  बन्दीपुरका १ महिला तथा १ पुरुष, जिपी अस्पताल तनहुँमा कार्यरत २ महिला , गोरखाको गण्डकी  नगरपालिकाका २ पुरुष तथा १ महिला, भीमसेन थापा की १ महिला, पालुङटारका १ पुरुष तथा १ महिला,  बागलुङ जैमिनीका १ पुरुष तथा २ महिला, बरेङका १ पुरुष, बागलुङ नगरपालिकाका १ पुरुष, लमजुङ राइनासकी १ महिला, मध्येनेपालका १ पुरुष तथा १ महिला एवं  नवलपुर गैंडाकोटका ३ पुरुष तथा , देबचुलीका २ पुरुषमा  आइतबार कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button