राखेप सदस्यमा खनाल नियुक्त

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा गोपाल खनाल नियक्त हुनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले खनाललाई नियुक्त गर्नु भएको हो । खेलकुद विकास विधेयक पच्छिेद २ उपधारा ३ को (ण) अनुसार मन्त्री विश्वकर्माले राखेप सदस्यमा उहाँलाई नियु्क्त गर्नु भएको छ । खेलकुद विकासका लागि निजीक्षेत्रलाई समेट्न विधेयकमा उद्योग वाणिज्यको क्षेत्रबाट प्रतिनिधत्व गराउने प्रावधान रहेको छ । खनाल उद्योग वाणिज्य महासंघका तर्फवाट राखेप सदस्यमा सिफारिस हुनुभएको थियो ।

राखेप सदस्यमा नियुक्त भएपछि खनालले मन्त्री विश्वकर्मालाई आभार व्यक्त गर्दै उहाँले भन्नुभयो–“सदस्यको हैसियतले खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाउने सँगै खेलकुद विकासका लागि योजनाहरुको कार्यान्वयनको पक्षमा आफू सधै उभिने छु ।” उधोग वाणिज्य महासंघमा शिक्षा सिप विकास समितीको सभापती समेत रहनुभएका उहाँ महासंघमा दुई कार्यकाल रहि सक्नु भएको छ । उहाँ नेपालका प्रतिष्ठित कम्पनीहरु मेगा बैंक, मेगा कलेज तथा एक्याप पव्लिकेशनमा समेत आवद्ध हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद परिषदको ३७ सदस्यिय वोर्डमा नेपाल ओलम्पिक कमिटी, पारा ओलम्पिक र विश्वविद्यालयका तर्फबाट प्रतिनिधत्व हुन बाँकी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button